२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


चलचित्र क्षेत्रलाई राजनीतिबाट मुक्त राख्नुपर्छ : अध्यक्ष तिमिल्सिना


104
Shares

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चलचित्र क्षेत्रमा राजनीति प्रवेश गराउनु नहुने बताउनुभएको छ ।

आईतबार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशमा हरेक क्षेत्रमा राजनीति हाबी भएको उल्लेख गर्दै चलचित्र क्षेत्रले राजनीतिलाई नबोकी अघि बढ्नुपर्ने बताउनुभयो ।

तिमिल्सिनाले कलाकारहरु राजनीतिक दलका संगठनहरुमा लागेर नियुक्तिका लागि पार्टीमा लाग्न छोड्नुपर्ने बताउनुभयो । उहाँले नेपालको चलचित्र क्षेत्रलाई विज्ञान र प्रविधिको विकाससँगै अघि बढाउन जरुरी रहेको बताउनुभयो ।

तिमिल्सिनाले चलचित्र क्षेत्र सबैको माया पाउने क्षेत्रका रुपमा विकास हुन आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले नेपाली चलचित्रले आफ्नो बहुआयामिक पहिचानलाई बचाइरहन आवश्यक रहेको बताउनुभयो ।

अध्यक्ष तिमिल्सिनाले चलचित्र र चलचित्र पत्रकारहरुलाई थप माथि उठाउन सरकारले आवश्यक ध्यान दिन जरुरी रहेको बताउनुभयो ।