
काठमाडौं । संवैधानिक परिषद्को बैठक आज बस्दै छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखलगायत संवैधानिक निकायमा रिक्त अन्य पदाधिकारी नियुक्तिको सिफारिसको छलफल गर्न बैठक बस्न लागेको हो ।
अख्तियार गत फागुनदेखि प्रमुख आयुक्तविहीन छ । दीप बस्न्यातले अवकाश पाएपछि कार्यवाहकको भरमा अख्तियार संचालन हुँदै आएको छ ।
हाल कार्यवाहकको जिम्मेवारी नविनकुमार घिमिरेले पाउँदै आएका छन् ।
बैठकले सम्भवतः घिमिरेलाई नै प्रमुख आयुक्तमा नियुक्ति सिफारिस गर्ने सम्भावना रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्