Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


रुसले अमेरिकी पाँच सय उच्च पदस्थ नागरिकमाथि लगायो रोक


299
Shares

एजेन्सी । रुसले अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामा सहित पाँच सय जना उच्च पदस्थ अमेरिकी नागरिकमाथि प्रतिबन्ध लगाएको छ ।

अमेरिकाले आफूमाथि लादेको नाकाबन्दीको प्रतिशोधमा ओबामा सहित पूर्वराजदूत जन हन्टस्म्यान, सिनेटरहरूका साथै प्रख्यात टेलिभिजन कार्यक्रम प्रस्तोता जिम्मी किम्मेल, कोलवर्ट, सेथ मेइर्स लगाएत अमेरिकी नागरिकलाई रुस प्रवेशमा प्रतिबन्ध लगाएको रुसी विदेशमन्त्रालयद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

विज्ञप्तीमा वासिङ्टनको हरेक कदमको जवाफ मस्कोले दिने कुराको ज्ञात होस भनी उल्लेख गरिएको छ । विगत १५ महिनादेखि रुस र युक्रेनबीच युद्ध जारी रहँदा अमेरिका र पश्चिमा राष्ट्रहरुले युक्रेनमाथि भएको रुसी हमलाको निन्दा गर्दै मस्कोमाथि आर्थिक नाकाबन्दी गरेकै बेला रुसले यो कदम चालेको हो ।

युक्रेनमाथि रुसी कदमको विरोध गर्दै विश्वका १ सय ४१ देशले युक्रने माथिको हमला अविलम्ब अन्त्य हुनुपर्ने राष्ट्रसंघीय प्रस्तावका पक्षमा मतदान गरेपछी रुस झन रुष्ट बनेको हो ।

अमेरिकाले भने रुसको यो कदम प्रति कुनै प्रतिक्रिया जनाएको छैन ।