१ भाद्र २०८२, आइतबार | Sun Aug 17 2025


खोलाबाट बालुवा लिएर आउँदै गरेको ट्याक्टर दुर्घटना, चालकको मृत्यु


0
Shares

गुल्मी, भदौ २० । गुल्मीको रेसुङ्गा नगरपालिका–४ रेउगा रायढुङ्गामा आज बिहानै ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ ।

दुर्घटनामा परिचालक भने घाइते भएका छन् । मृत्यु हुनेमा ट्याक्टर चालक गुल्मी कै छत्रकोट गाउँपालका–४ गाउँटोलका १९ वर्षीय सन्जु विक छन् । उनको घटनास्थल मै मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका ट्याक्टरका परिचालक सोही ठाउँका १७ वर्षीय अशोक सुनारको भने जिल्ला अस्पताल तम्घास गुल्मी मै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बिहान साढे ४ बजे छल्दी खोलाबाट बालुवा लिएर सदरमुकाम तम्घासतर्फ आउँदै गरेको लु४त ९०१ नम्बरको ट्याक्टर नियन्त्रण गुमाएर सडकबाट अन्दाजी २ सय मीटर तल खसेको थियो ।