Logo २२ चैत्र २०८२, आइतबार | Mon Apr 6 2026


शरणार्थी प्रकरण: कांग्रेसका पूर्वसांसद शेर्पा विरूद्ध पक्राउ पुर्जी जारी


468
Shares

काठमाडाैं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई नपोल्न आग्रह गर्दै ठगी गिरोहका सदस्यसँग हिरासतमै भेट गरेको भनिएका शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको प्रहरी स्रोतले बताएको हाे।

प्रकरणमा पूर्वगृहमन्त्री खाँणसहित सरकारका सचिव टेकनारायण पाण्डेल गायतका व्यक्ति पक्राउ परिसकेका छन् । नेकपा एमाले सचिव टोपबहादुर रायमाझी पक्राउ पुर्जी जारी गरेपछि बेपत्ता हुनुभएकाे छ ।