Logo २९ कार्तिक २०८२, शनिबार | Sat Nov 15 2025


ट्राफिक नियम मिच्नेलाई चक्लेट र खाजा प्रदान


0
Shares

काठमाडौं, भदौ २० । ट्राफिक नियम पालना नगर्दा के हुन्छ ? उत्तर सहज छ– कारबाहीमा परिन्छ । ट्राफिक प्रहरीले जरिवाना तिराउँदै रसिद काट्छन् ।

चितवनको पूर्वपश्चिम राजमार्गको रत्ननगरमा भने मंगलबार फरक दृश्य देखियो । नियम उल्लंघन गर्नेहरुले न जरिवाना तिरे, नत रसिद काटियो । उनीहरुले उल्टै चकलेट र खाजा पाए ।

ट्राफिक प्रहरीले दिउँसो छड्के जाँच गरेको थियो । ‘थाहा पाएर पनि नियम पालना नगर्नु लापरबाही हो । तपाईहरुलाई लज्जाबोध होस् भनेर चकलेट बाँडेका हौं,’ जिल्ला ट्राफिक प्रहरी प्रमुख वेदप्रसाद गौतम चालकहरुलाई सम्झाउँदै थिए । –कान्तिपुर दैनिकबाट