Logo ४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026


‘दोषी ठहरिए देउवा, ओली र प्रचण्ड कसैलाई छोड्नु हुँदैन’


767
Shares

काठमाडाैं । भ्रष्टाचार ढाकछोपबिरुद्ध वृहत नागरिक आन्दोलन शुरु भएको छ ।

काठमाडौंको नक्शालमा नागरिक अगुवाहरु मिलेर भ्रष्टाचार र भ्रष्टाचार ढाकछोपबिरुद्ध वृहत आन्दोलन शुरु गरेका हुन् । प्रदर्शनमा बोल्दै वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले भूटानी शरणार्थी प्रकरणको सत्यतथ्इ छानबिन गर्न सरकारले खुट्टा कमाउनु नहुने बताउनुभयो ।

उहाँले भ्रष्टाचारको विस्तृत छानबिन हुनुपर्ने र निष्पक्ष रुपमा छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनु भयो । उहाँले सरकारले शीर्ष नेताहरुको पनि छानबिन गर्नुपर्ने र छानबिनमा दोषी ठहरिए कारबाही गर्नुपर्ने बताउनु भयो । उहाँले ठूला नेताहरु भ्रष्ट नभइकन साना तहका नेताहरुले भ्रष्टाचार गर्न हिम्मत नगर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘भूटानी शरणार्थी काण्डमा खुट्टा कमाउनु हुँदैन । छानबिन विस्तृत हुनुपर्छ, निष्पप्क्ष हुनुपर्छ, शीर्ष नेता पनि दोषी पाइयो भने उनीहरुलाई कारबाही हुुनपर्छ । देउवा, ओली, प्रचण्ड पनि दोषी पाइयो भने कारबाही हुनुपर्छ । शीर्ष नेता भ्रष्ट नभइकन उ भन्दा तलको नेता भ्रष्ट हुन गाह्रो छ । निर्दोष हो भने प्रहरीमा उजुरी आउँथ्यो, उनीहरु भाग्न खोज्नु र भाग्नु भनेका स्वतः प्रष्ट हुन्छ । प्रचण्डको पार्टीलाई भाग नपुगेको हो की के हो ? तर सबै पार्टी भ्रष्ट नै छन् ।’

उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालको पार्र्टी भ्रष्टाचार गर्ने भाग नपुगेका कारण अहिलेको भूटानी शरणार्थी प्रकरण बाहिर ल्याएको तर कोही पनि पार्टी भ्रष्टाचार गर्नबाट आभानो नरहेको स्पष्ट पार्नुभयो ।