३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


सबै भन्सार कार्यालय अत्याधुनिक बनाउन सरकार गम्भीर : अर्थमन्त्री


0
Shares

झापा, भदौ १९ । अर्थमन्त्री डा. युवराज खतिवडाले सबै भन्सार कार्यालयलाई अत्याधुनिक र पूर्वाधारयुक्त बनाउन सरकार गम्भीर रहेको बताएका छन् ।

उनले नेपालका कृषिजन्य उत्पादनलाई प्रशोधन गरेर निर्यात गर्नसकेमात्रै मुलुकले आर्थिक समृद्धि हासिल गर्नसक्ने बताए ।

मंगलबार झापाको भद्रपुर भन्सार कार्यालयको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले जनताले थेग्नसक्ने गरीमात्रै कर लिनुपर्ने पनि बताए ।

कतिपय ठाउँमा लिइरहेका करका विषयमा अनावश्यक हल्ला चलाइएको उनको भनाइ थियो ।

पूर्वपश्चिम राजमार्ग विस्तारको तयारी भइरहेको भन्दै उनले झापाको काँकडभिट्टादेखि सप्तरीको कन्चनपुरसम्म ६ लेनको सडक बनाइने बताए ।

यस्तै, काँकडभिट्टादेखि बर्दिवाससम्म रेलमार्ग विस्तारको काम पनि तत्काल अघि बढ्ने उनको दाबी थियो ।