दाङ । लुम्बिनी प्रदेशको प्रदेश योजना नीति आयोगको उपाध्यक्षमा डा नहकुल केसी नियुक्त हुनु भएको छ ।
मंगलवार बसेको मन्त्रीपरिषदको बैठकले स्थानीय विकास विज्ञ डा. केसीलाई आयोजको उपाध्यक्षमा नियुक्त गरेको सरकारका प्रबक्ता सन्तोष कुमार पाण्डेयले जानकारी दिनुभयो ।
मुख्यमन्त्री अध्यक्ष रहने आयोगमा ५ सदस्य समिति रहने गर्दछ । जसमा उपाध्यक्ष, र चार जना सदस्य मुख्यमन्त्रीले नियुक्त गर्ने प्रावधान रहेको छ ।
उपाध्यक्षमा नियुक्त केसी स्थानीय विज्ञ हुनुहुन्छ । लामो समयदेखि सामाजिक विकासको क्षेत्रमा क्रियाशील डा. केसी ग्रामीण तथा स्थानीय विकासमा विद्यावारिधि हुनुहुन्छ ।
गरिबी विवरण कोषको पूर्व कार्यकारी निर्देशक समेत रहेका केसी अफगानिस्तानमा विकाससँग जोडिएर दशक वढी काम गर्नु भएको थियो । केसी तुलसीपुर उपमहानगरपालिका ६ को स्थायी बासिन्दा हुनुहुन्छ ।







प्रतिक्रिया दिनुहोस्