
चितवन, भदौ १९ । एलपी ग्यास बोकेर काठमाडौंतर्फ जाँदै गरेको कन्टेनर नारायणगढ–मुग्लिन सडकखन्डको केराबारीबाट मंगलबार दिउँसो त्रिशूली नदीमा खसेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनकाअनुसार भारतीय नम्बरको एचआर ६९ पी ६९७३ कन्टेनर १ः२० बजे नदीमा खसेको हो ।
चालक भने हामफालेर बाँच्न सफल भएको प्रहरीले जनाएको छ । चालकको मुग्लिनमा उपचार भइरहेको छ ।
कन्टेनर नदीले बगाएर जुगेडी ल्याइपुर्याएको जनाइएको छ । प्रहरीकाअनुसार त्यसमा अन्य व्यक्ति छैनन् ।
अनियन्त्रित भइ त्रिशूलीमा खसेको कन्टेनर नदीबाट निकाल्ने प्रयास भइरहेको छ । रासस
प्रतिक्रिया दिनुहोस्