३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


सेयरबजार नगन्य अंकले हरियो


0
Shares

काठमाडौं, असार ४ । पछिल्ला दिन निरन्तर ‘वियरिष ट्रेन्ड’मा रहँदै आएको सेयरबजार सोमबार नगन्य अंकले हरियो रहेर थामियो ।

कारोबार सुरुआती समय यसदिन पनि उच्च दरले ओरालो लागेको नेप्से सरकार पुँजीगत लाभकर गणनामा केही लचक हुने सम्भावनाको चर्चासँगै ‘युटर्न’ हुँदै हरियोमा थामिन पुगेको विश्लेषण गरिएको छ ।

नेप्से करिब २ अंकले धनात्मक रहेर १२ सय ३५ कायम भएर थामियो । यसदिन आधाभन्दा बढी समूह हरियो रहे भने अरु रातो रहे ।

बिमा, जलविद्युत्, लघुवित्रत्त, अन्य र होटल समूह हरियो रहेका हुन् । बिमा समूह सबैभन्दा उच्च २२ अंकले सकारात्मक रह्यो । उत्पादनमूलक, विकास बैंक, वाणिज्य बैंक र वित्त समूह सामान्य अंकले ऋणात्मक रहे ।

यसदिन कारोबार भने न्यून रह्यो । नेपाल स्टक एक्सचेन्जमा १५४ कम्पनीका ४ लाख ९३ हजार कित्ता सेयर जम्मा २० करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।