Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


सातौं चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा


65
Shares

काठमाडाैं । सातौं चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी २०८० को तयारी पूरा भएको जनाइएको छ ।

“दिगो आर्थिक विकासका लागि बृहत अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी” भन्ने अभियान सहित उद्यमशिलता विकास र औद्योगिक उत्पादकत्व वृद्धिमा सहयोग पु¥याउने उद्देश्यले औद्योगिक प्रदर्शनी हुन लागेको हो ।

आज चितवनमा आयोजक चितवन उद्योग संघले पत्रकार सम्मेलन गरी बैशाख २२, २३ र २४ गते चितवन प्रदर्शनी केन्द्र भरतपुरमा आयोजना हुुने प्रदर्शनको तयारी पूरा भएको जानकारी गराएको हो ।

नेपाल उद्योग परिसंघ र नेपाल घरेलु तथा साना उद्योग महासंघ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलगायतको सहयोग र सहकार्यमा प्रदर्शनी हुन लागेको हो । प्रदर्शनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी १५० भन्दा बढी स्टलहरु रहने जनाइएको छ ।