३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


मेची भन्सारमा अत्याधुनिक मेसिन सहित भन्सार चेकजाँच प्रणाली


0
Shares

झापा । पुर्वी नाका काँकडभिट्टामा ‘एक्सरे मेसिन’ सहित एकीकृत चेकजाँच प्रणाली संचालनमा आएको छ ।

मेची भन्सार कार्यालयले चोरी तस्करी र अवैध ओसारप्रसार नियन्त्रण गर्न अत्याधुनिक मेसिन सहित भन्सार चेकजाँच प्रणाली सुरु हो ।

मेसिन जडान सँगै नेपाल–भारत सीमावर्ती नाकामा हुन सक्ने अवैध ओसारप्रसार नियन्त्रणमा आएको मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख टेक बहादुर अर्यालले जानकारी दिए ।

अर्यालका अनुसार प्रवेशद्वारमा यात्रुलाई सहज तरिकाबाट चेकजाँच गर्न र शंकास्पद सामानलाई नियन्त्रणमा लिन मेसिन भन्सार नाकाको लागि उपयुक्त रहेको छ ।

भन्सार छली, अवैध सामानको पैठारीलगायत सुरक्षाको दृष्टिकोणले यो प्रणाली प्रभावकारी भएको बताइएको छ ।

यो मेसिनको प्रयोगसँगै प्रवेशद्वारमा निमार्ण भएको यात्रुशाखा भवनमा मेसिनमा स्कान गरेको सामान शसस्त्र प्रहरी, नेपाल प्रहरी र भन्सार कर्मचारीले संयुक्त रुपमा चेकजाँच गर्नेछन् ।

एक्सरे मेसिन सञ्चालनमा ल्याइएसँगै मेची भन्सार कार्यालयको भन्सार जाँच टोली, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार सुरक्षा गुल्म काँकरभिट्टाको संयुक्त टोलिले एकै ठाँउबाट चेकजाँच गर्न थालेका छन् ।

नेपालको पूर्वी नाका व्यसायीक रुपमा समेत मूख्य नाकाको रुपमा लिने गरिएको छ ।