बारा । बारा निर्वाचन क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले आफ्नो अग्रता कायमै राख्नु भएकाे छ।
पछिल्लाे मत गणनाकाे परिणामअनुसार जसपाका उम्मेदवार उपेन्द्र यादवले १५४७३ मत पाउनु भएकाे छ ।
उहाँका प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले भने १० हजार ७३९ मत प्राप्त गर्नु भएकाे छ।
यादव कुशवाहाभन्दा ४ हजार ७३४ मतले अगाडि हुनुहुन्छ । तेस्रो स्थानमा नेकपा एमालेका पुरूषोत्तम पौडेल छन्।




प्रतिक्रिया दिनुहोस्