Logo २९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026


पुरानो बसपार्कमा रहेकाे प्रहरी बिटमा महानगरकाे डोजर


442
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले पुरानो बस पार्कमा रहेकाे प्रहरी बिट डोजर लगाएर हटाएको छ।

मंगलबार महानगरपालिकाले काठमाडौंको भ्युटावर नजिक रहेको पुरानो बस पार्कमस्थित सडक पेटीको प्रहरी बिट डोजर लगाएर हटाएको हो। महानगरपालिकाले सडक पेटीमा रहेको प्रहरी बिट हटाउने योजनाअनुसार काम अघि बढाएको हो ।

पुरानो बसपार्क क्षेत्रमा रहेको बिटले सडक र पेटीमा असर गरेकाले समस्या परेको भन्दै प्रहरी बिट हटाएको महानगरपालिकाले जनाएको छ ।