Logo २६ चैत्र २०८२, बिहिबार | Fri Apr 10 2026


मकवानपुरमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु


221
Shares

हेटौंडा । मकवानपुरको मनहरीमा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा २४ वर्षीय राजकुमार प्रजा, मनहरी- ३ हाँडिखोला बस्ने ३० वर्षीय बिरमान रुम्बा र मनहरी–४ सालघारी बस्ने २० वर्षीय प्रबिण प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले बताउनु भयाे।

मनहरी गाउँपालिका–३ कालिदमारस्थित भित्रि सडकखण्डमा ट्याक्टर दुर्घटना उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको हाे । उक्त दुर्घटनामा अन्य २ जना घाइते भएको प्रहरीले जनाएको छ ।

मिलडाँडा तर्फबाट हाँडिखोलातर्फ जादै गरेको मधेश प्रदेश ०३–००१ त ७१८८ नम्बरको ट्याक्टर सोमबार साँझ ८ बजे आफैँ अनियन्त्रित भएर सडकमा पल्टिएको प्रहरीको भनाइ छ ।