Logo २३ कार्तिक २०८२, आइतबार | Mon Nov 10 2025


सिंहदरबारमा प्रचण्ड, देउवा र ओलीबीच छलफल


5.7k
Shares

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्माबीच भेटवार्ता भइरहेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदबारमा उहीहरुबीच बैठक चलिरहेकाे हाे ।

संसदीय समितिको भागबण्डा, टिआरसी विधेयक लगायतका विषयमा छलफल भइरहेकाे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएकाे छ ।

छलफलमा एमाले उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक पदम गिरी, कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक र माओवादी केन्द्रका संसदीय दलका प्रमुख सतेक हितराज पाण्डे पनि सहभागी छन् ।