बारा । बारा प्रतिनिधि सभा क्षेत्र नम्बर -२ मा भएको उपनिर्वाचनको मतगणनामा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवकाे अग्रता कायमै रहेकाे छ ।
बारा-२ मा सार्वजनिक भएको पछिल्लाे मतगणना अनुसार यादवले ४५८ मत पाउनु भएकाे छ ।
यसैगरी जनमत पार्टीका शिवचन्द्र कुशवाहले ३६० मत पाउनु भएकाे छ ।
एमालेका पुरुषोत्तम पौडेलले ३१७ मत पाउनु भएकाे छ भने रास्वापाका रमेश खरेलले १६९ मत पाउनु भएकाे छ ।
सो क्षेत्रमा आइतबार मतदान भएको थियो । मतगणना भने सोमबारबाट सुरु भएको हो ।
गत वर्ष मंसिर ४ मा भएको आम निर्वाचनमा सो क्षेत्रबाट जसपाका रामसहाय प्रसाद यादव विजयी हुनुभएको थियो । चैत ३ मा यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि सो क्षेत्र खाली भएको थियो । त्यही कारण उपनिर्वाचन भएको हो ।




प्रतिक्रिया दिनुहोस्