४ जेष्ठ २०८२, आइतबार | Sun May 18 2025


स्थानीय तहले आफूखुसी बाँडेरै सके ३ अर्ब, अख्तियारको आँखा पर्ला ?


390
Shares

काठमाडौं । विभिन्न स्थानीय तहले व्यक्तिगत तथा घरेलु प्रकृतिका वितरणमुखी कार्यमा आफूनिकटका व्यक्ति तथा विभिन्न नाफामूलक संस्थालाई आफूखुशी ३ अर्ब भन्दा बढी बाँडेर सकाएका छन् ।

स्थानीय तहले अख्यितारको दुरूपयोग गर्दै त्यसरी आफूखुसी रकम वितरण गरेको पाइएको हो ।

महालेखा परीक्षकको कार्यालयको कार्यालयले विभिन्न स्थानीय तहले नियमविपरीत अर्बौं रूपैयाँ वितरण गरेको भन्दै त्यसप्रति गम्भीर प्रश्न उठाएको छ ।

महालेखाको प्रश्नसँगै स्थानीय तहले राज्यकोषको रकम मनपर्दी रूपमा आफूनिकटकालाई वितरण गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट छानबिन हुनुपर्नै माग उठेको छ ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।