
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले देशलाई नयाँ आशा र विश्वास दिने गरी आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट ल्याउने बताउनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर नेकपा (एकीकृत समाजवादी) पार्टीले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले यस्ताे बताउनुभएको हो । प्रधानमन्त्री दाहालले अहिले आफूहरु सरकारको नीति, कार्यक्रम र बजेट निर्माणको छलफलमा घनिभूत ढंगले लागि परेको उल्लेख गर्नुभएकाे हाे । उहाँले त्यसले देश र जनतालाई नयाँ आशा र भरोसा दिने उहाँले दावी समेत गर्नुभयो ।
उहाँले आफूले छिट्टै भारत भ्रमण गर्ने भएकाले त्यसको राम्रो तयारी पनि गरिरहेको बताउनुभयो । देश र जनताको हितमा काम गर्न लागि देशभक्त र क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुबीच एकता गरेर जानुको विकल्प नरहेको पनि प्रधानमन्त्री दाहालले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्