Logo २३ कार्तिक २०८२, आइतबार | Sun Nov 9 2025


चितवनमा कहाँ–कहाँ राेकियाे मतदान ?


5.5k
Shares

चितवन । चितवन क्षेत्र नं. २ का दुई वटा केन्द्रमा मतदान प्रक्रिया रोकिएको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार भरतपुर महानगरपालिका वडा नं. ११ भोजाडस्थित नयाँ किरण कमल कुसुम मावि केन्द्रमा र भरतपुरकै वडा नम्बर ७ स्थित कृष्णपुर मावि केन्द्रमा मतदान रोकिएको हो ।

निर्वाचन कार्यालयकाे स्राेतले भन्याे, ‘भोजाडमा करिब दुई घण्टादेखि मतदान रोकिएको छ भने कृष्णपुरमा मतदान रोकिएको भने आधा घण्टा भएको छ ।’

रवि लामिछाने मतदान केन्द्रमा जाँदा उनका समर्थकहरूले पक्षमा नारावाजी गरेका थिए । मतदानस्थलमा नाराबाजी गरेको भन्दै त्यसको विरोध अन्य दलले गरेपछि तनाव उत्पन्न भएको हो ।

चितवन क्षेत्र नम्बर २ मा रास्वपा सभापति लामिछाने, नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ र नेकपा एमालेका रामप्रसाद न्यौपाने उम्मेदवार छन् ।