Logo २३ कार्तिक २०८२, आइतबार | Sun Nov 9 2025


दिउँसो पौने १ बजेसम्म चितवन २ मा कति खस्यो मत ?


1.2k
Shares

चितवन । चितवन क्षेत्र नम्बर २ मा भइरहेको उपनिर्वाचनमा ४० प्रतिशत मत खसेको छ ।

१ सय ३८ केन्द्रबाट भइरहेको मतदानमा दिउँसो पौने १ बजेसम्म ४० प्रतिशत मत खसेको हो ।

यहाँ १ लाख २४ हजार ६९५ मतदाता रहेका छन्। चितवनमा एमालेका रामप्रसाद न्यौपाने,कांग्रेसका जितनारायण श्रेष्ठ,रास्वपाका रवि लामिछानेलगायत उम्मेदवार प्रतिस्पर्धामा छन्।

आइतबार बिहानबाट सुरू भएको मतदान बेलु​का ५ बजेसम्म हुनेछ।