
फाइल तस्बिर
काठमाडौं । चन्द्रागिरि केबलकारका लट्ठामा झुन्डिएर आकाशमा चल्दै गरेका डिब्बा (गोन्डोला) अचानक रोकिँदा तिनमा फसेका यात्रुको चार घण्टापछि उद्धार गरिएको छ ।
सप्ताहान्त मनाउन र भालेश्वर महादेवको दर्शन गर्न शुक्रबार साँझ ६ बजे चढेका झन्डै १५० यात्रु केबलकार एक्कासि बन्द भएपछि आकाशमै अलपत्र परेका थिए ।
केबलकारमा फसेका यात्रुलाई मानिसले लट्ठा ताने र चार घण्टापछि राति १० बजे तल्लो स्टेसनमा ल्याएर उद्धार गरिएको हो ।
सम्भावित दुर्घटना रोकी यात्रुलाई सकुशल उद्धार गर्न प्राविधिक, प्रहरी तथा चिकित्सक टोली खटाइएको थियो । यात्रुको उद्धारपछि चन्द्रागिरि केबलकार कम्पनीले शुक्रबार राति आफ्नै सवारीसाधनमा चढाएर घर घरमा पुर्याइदिएको थियो ।
यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्