काठमाडाैं । सरकारले प्रतिनिधिसभा सदस्य उपनिर्वाचन हुने तीनवटा निर्वाचन क्षेत्रमा भोलि सार्वजनिक बिदा दिएको छ ।
गृह मन्त्रालयले सूचना जारी गर्दै सार्वजनिक बिदाबारे जानकारी दिएको हो ।
बारा क्षेत्र नं २, चितवन क्षेत्र नं २ र तनहुँ क्षेत्र नं १ मा वैशाख १० गते उपनिर्वाचन हुँदैछ ।
मतदानस्थल रहेका विद्यालय तथा सरकारी निकायमा भने वैशाख ८ गतेदेखि १० गतेसम्म तीन दिन बिदा हुने मन्त्रालयले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्