Logo १४ माघ २०८२, बुधबार | Wed Jan 28 2026


आन्दोलनकारी र प्रहरीबीच झडप, ८२ सेल अश्रुग्यास प्रहार


1.1k
Shares

विराटनगर । पहिचान पक्षधर र सुरक्षाकर्मीबीच विराटनगरमा शनिबार दिउँसो झडप हुँदा १० जना घाइते भएका छन्।

प्रदेशको नाम कोशी राखेको विरोधमा भएको आन्दोलनमा मृत्यु भएका पदम लिम्बुको शवयात्राका क्रममा शनिबार विराटनगरमा झडप भएको हो ।

झडपमा नेपाल प्रहरीका तीन जना, सशस्त्र प्रहरी बलका तीन जना गरी ६ जना सुरक्षाकर्मी घाइते भएको मोरङ प्रहरीले जनाएको छ । त्यस क्रममा प्रहरीले ८२ राउन्ड अश्रुग्याँस प्रहार गरेको छ ।

झडपका क्रममा आन्दोलनकारीले सुरक्षाकर्मीलाई लक्षित गरेर बाँस, भाटा, लाट्ठी, फलामका रड र बियरको बोतल प्रहार गरेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको हाे ।