बाँके । बाँकेको भेरी अस्पताल नेपालगञ्जमा कोभिड भाइरस सङ्क्रमणबाटमा एकजनाको मृत्यु भएको छ ।
राप्तीसोनारी गाउँपालिका–२ का ८६ वर्षीय वृद्धको उपचारका क्रममा आज मृत्यु भएको भेरी अस्पतालका प्रमुख डा प्रकाश थापाले जाानकारी दिनुभयो ।
स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई भेरी अस्पताल लगिएको थियो ।
उहाँलाई यही वैशाख १ गते कोभिड सङ्क्रमण पुष्टि भएको थियो । बिरामीलाई गत एक हप्तादेखि उपचारमा राखिएको र उहाँलाई दमको पनि समस्या रहेको बताइएको छ ।





प्रतिक्रिया दिनुहोस्