Logo १४ माघ २०८२, बुधबार | Wed Jan 28 2026


सिमकार्ड डुप्लिसेशनमार्फत अनलाइन ठगी गर्ने एक जना पक्राउ


468
Shares

काठमाडौं । सिमकार्ड डुप्लिसेशनमार्फत अनलाइन ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका-६ घर भई हाल भक्तपुरको सुर्यविनायक-८ बस्ने २३ वर्षीय अनिल थापा रहेका छन्।

सामाजिक संजालमा आबद्ध रहेका विभिन्न बैंकहरुको अनलाइन भाइबर ग्रुप अकाउन्टहरुको दुरुपयोग गरी सिमकार्ड डुप्लिसेशनमार्फत उनले ठगी गरेको आरोप छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनले पिडितहरुको बैंक तथा मोबाइल बैंकिङमा पहुँच पुर्‍याई कार्डलेस एटिएममार्फत रकम निकाले अनुसन्धानबाट खुलेको छ ।