Logo २५ कार्तिक २०८२, मंगलबार | Tue Nov 11 2025


अध्यक्ष पदका उम्मेदवार मुकुन्द महर्जनद्वारा महाधिवेशन बहिस्कार


455
Shares

काठमाडौं । नेपाल मदिरा व्यवसायी महासंघको अध्यक्ष पदका उम्मेदवार मुकुन्द महर्जनले १७ औं महाधिवेशन बहिस्कार गर्नुभएको छ ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महर्जनले महासंघ विधान भन्दा बाहिर गएर सदस्यता लगायत आर्थिक अनियमिता गरेको भन्दै महाधिवेशन बहिस्कार गरेको घोषणा गर्नुभएको हो ।

उहाँले मदिरा व्यवसायीहरुको हक हीतमा काम गर्न नसकेको भन्दै महाधिवेशन बहिस्कार गरेको बताउनुभयो । उहाँले महासंघको सदस्य बन्न अनिर्वाय रुपमा मदिरा व्यवसायी हुनुपर्ने प्रवधान भएपनि विधान विपरित धेरै गैर व्यवसायीहरुलाई प्रतिनिधि बनाएको आरोप लगाउनुभयो । उहाँले महासंघ विधान बमोजिम चल्नुपर्ने तर विधान अनुसार चल्न नसकेको बताउनुभयो ।

उहाँले महासंघ संस्थागत निर्णय भन्दा विपरित, एक्लौटी र मनोमानी रुपमा चलेको पनि बताउनुभयो । उहाँले महासंघको महाधिवेशन ३ वर्षमा गर्नुपर्ने भन्दा पनि झारा टार्ने गरी ४ वर्षसम्म नगरेको आरोप लगाउनुभयो ।