Logo १४ माघ २०८२, बुधबार | Wed Jan 28 2026


मिर्चैयामा प्रदर्शनले राजमार्ग अवरुद्ध हुँदा बाटैमा राेकिए सवारीसाधन


507
Shares

सिरहा । मिर्चैयामा प्रदर्शनले राजमार्ग अवरुद्ध हुँदा बाटैमा सवारीसाधन राेकिएका छन् । दिउँसो साढे १ बजेदेखि राजमार्ग अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका सवारी साधन चोहर्वामा रोकिएका हुन् ।

नगरपालिका घेराउ गर्न पुगेका स्थानीयवासी र व्यापारीको प्रदर्शनमा प्रहरीको दमन भएको भन्दै शुक्रबार सर्वदलीय संघर्ष समितले मिर्चैया बजारमा प्रदर्शन गरिरहेको छ ।

प्रदर्शनका कारण मिर्चैया बजारका पसलहरूसमेत बन्द भएका छन् । बिहान ११ बजे हनुमान चोकबाट निस्किएको विरोध र्‍यालीले राजमार्ग अवरुद्ध पारेको हो ।

बस्न र व्यापार गर्न तत्काल व्यवस्था गरिनुपर्ने, घर भत्काउँदा भएको क्षतिको मूल्यांकन गरी क्षतिपूर्ति दिइनुपर्ने, जग्गाको लालपुर्जा दिइनुपर्ने, छानबिन गरी न्याय दिनुपर्ने लगायत माग गर्दै गत चैत २७ गतेदेखि प्रदर्शनमा उत्रिएका उनीहरु र प्रहरीबीच बिहीबार नगरपालिका घेराउका क्रममा झडप भएको थियो ।

अवस्था तनावग्रस्त भएपछि प्रहरीले स्थिती नियन्त्रणमा लिन २७ राउण्ड हवाइफायर, ११ सेल अश्रुग्यास प्रहार गरिएको थियो । झडपका क्रममा पाँच प्रहरी घाइते भएका थिए । १० जना भन्दा बढी प्रदर्शनकारी घाइते भएका थिए ।