Logo २० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026


जेलमा रहेका एक कैदीको मृत्यु


182
Shares

सप्तरी । राजविराज कारगारमा मानव बेचबिखन ओसारपसार मुद्दामा सजाय काटिरहेका एक कैदीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरीको महादेवा गाउँपालिका–३ बथनाहाका ५४ वर्षीय मिथलेशकुमार यादव रहेका छन् । यादव बिरामी भएपछि बिहीबार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल भर्ना गरिएको थियो ।

राजविराजबाट रिफर भई उपचारका क्रममा कोशी अस्पताल विराटनगर पुर्‍याइएका यादवको मृत्यु भएको प्रहरीले जनाएको छ।

मानव बेचबिखन ओसारपसार मुद्दामा अदालतबाट कैद सजाय तोकिएपछि फरार रहेका उनी २०७७ चैत ११ गते घरबाटै पक्राउ परेका थिए ।

इलाका प्रहरी कार्यालय हनुमान नगबाट खटेको प्रहरी टोलीले यादवलाई घरबाटै पक्राउ गरेको थियो । शवको परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ ।