Logo ५ फाल्गुन २०८२, मंगलबार | Tue Feb 17 2026


पश्चिम सेती परियोजनाको काम अघि बढ्छः मुख्यमन्त्री शाह


39
Shares

विनोद सिंह विष्ट
बैतडी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारले केही दिनमै पूर्णता पाउने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन बैतडीले गोठलापानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री शाहले उपनिर्वाचन लगत्तै केहि दिनमै प्रदेश सरकारले पूर्णता पाउने बताउनुभएको हो ।

उहाँले भन्नुभयो,“ केन्द्रमा गठबन्धन सरकार बनेकाले सोही अनुसार प्रदेश सरकारहरु बन्छ, केन्द्रीय गठबन्धन अनुसार प्रदेश सरकार विस्तार हुने भएकाले उपनिर्वाचनपछि सुदूरपश्चिम सरकारले पनि पूर्णता पाउछ ।”

नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका शाहलाई कांग्रेससहित नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र एक स्वतन्त्र सांसदको समर्थन रहेको छ । शाह माघ २६ गते मुख्यमन्त्रीमा गत माघ २६ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । मुख्यमन्त्री नियुक्त भएको ७१ दिनसम्म पनि प्रदेश सरकारले पूर्णता पाउन सकेको छैन् ।

पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले पश्चिम सेती परियोजनाको काम अघि बढ्ने जानकारी दिनुभयो । उहाँले भन्न्नुभयो,“ पश्चिम सेती सुदूरपश्चिम प्रदेशको मात्रै नभएर देशकै भविष्यसंग जोडिएको छ, यो परियोजनाले विकासमा सहयोग पुर्याउने भएकोले अबको ६ महिना भित्र देखिने गरेर काम अगाडी बढ्ने विश्वास छ ।”

पहिलो पटक जिल्ला भ्रमणमा रहेकाले जिल्लाहरुको वस्तुस्थिती बुझ्ने सोहि अनुसार आगामी बर्षको बजेट र कार्यक्रम तर्जुमा गरिने विश्वास दिलाउनुभयो । उहाँले भन्नुभयो, “मुख्यमन्त्री भइसकेपछि म प्रदेशका सबै जिल्ला भम्रण गर्न गइरहेको छु, सबै जिल्लाहरुको वस्तुस्थिती बुझेर सोहि अनुसार बजेट निर्माणको गरर्छौ ।” सुदूरपश्चिम प्रदेशको विकासका लागि लगानिकर्ताहरुलाई आह्वान गरेको र निर्धक्क रुपमा लगानि गर्न आग्रह गर्नुभयो ।