४ जेष्ठ २०८२, आइतबार | Mon May 19 2025


एकै दिन ३ सय ७९ स्थानमा डढेलो


156
Shares

काठमाडौं । पछिल्लो समय अधिकतम तापक्रममा वृद्धि भएसँगै वन डढेलोका घटना पनि ह्वात्तै बढेका छन् । सुक्खा खडेरी बढ्दोक्रमसँगै बुधबार मात्र देशभर एकैदिन १७ जिल्लामा ३ सय ७९ स्थानमा डढेलो लागेको थियो ।

बढ्दो तापक्रम, प्रतिकूल मौसम, वनमा रहेको ज्वलनशील पदार्थको उपस्थिति तथा भौगोलिक विकटताका कारण वन डढेलो नियन्त्रण र व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ ।

वन तथा भू–संरक्षण विभागले दिएको जानकारीअनुसार एकै दिन ३ सय ७९ डढेलोका घटना यस वर्षकै सबैभन्दा उच्च हो । वन डढेलोबाट निस्केको धुवाँका कारण देशभरको आकाश तुवाँलोले ढाकेको छ भने यसको वायुप्रदूषणले जनस्वास्थ्यमा समस्या देखिन थालेको छ ।

नेपालमा खासगरी माघदेखि जेठसम्म बढी वनमा डढेलो लाग्ने गरेको छ । विभागको तथ्यांकअनुसार यही वैशाख १ गते २६ जिल्लाका १ सय १२, २ गते आठ जिल्लाका २८, ३ गते १२ जिल्लाका ३२, ४ गते १० जिल्लाका ६४ र वैशाख ५ गते ३३ जिल्लाका १ सय ८० स्थानमा डढेलो लागेको थियो ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।