Logo २५ कार्तिक २०८२, मंगलबार | Wed Nov 12 2025


सिरहामा प्रदर्शनकारी र प्रहरीबीच झडप


377
Shares

सिरहा । सिरहाको मिर्चैयामा नगरपालिका घेराउ गर्न पुगेका स्थानीयवासी र प्रहरीबीच झडप भएको छ ।

नगरपालिकाले घर भत्काएको विरुद्ध प्रदर्शन गर्न पुगेका स्थानीयवासी र प्रहरीबीच झडप हुँदा गोली चलेकाे छ ।

झडपकाे क्रममा ५ प्रहरीसहित दर्जनौं स्थानीयबासी घाइते समेत भएका छन् ।

स्थानीयवासीले आफूहरूले उठाएका विषयहरूको जवाफ मेयर श्रवणकुमार यादवले दिनुपर्ने माग गर्दै प्रदर्शन गरेका थिए । तर, मेयर यादव बाहिर नआएपछि प्रदर्शनकारी नगरपालिकाभित्र प्रवेश गर्न खोजेका थिए ।

त्यसक्रममा प्रहरीले दर्जनौं सेल अश्रुग्यास र हवाई फायर गरेका हाे । प्रहरीले रोकेपछि स्थानीयले नगरपालिका कार्यालयमा ढुंगामुढा गर्न थालेपछि स्थिति तनावग्रस्त बनेको हो ।