२१ श्रावण २०८२, बुधबार | Wed Aug 6 2025


आइरन चक्की खरिद प्रकरण : ११ करोड नोक्सानी हुनेगरी सम्झौता


390
Shares

काठमाडौं । स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागले राज्यलाई ठुलो रकम नोक्सानी हुने गरी गर्भवतीले खाने आइरन चक्की खरिद सम्झौता गरेको छ ।

स्वास्थ्यमन्त्री नभएका बेला विभागले २० करोड रूपैयाँको आइरन चक्की खरिदमा करिब ११ करोड रूपैयाँ राज्यलाई नोक्सान हुने गरी नेबाजेनिटिक कम्पनीको आधिकारिक बिक्रेता जेएस मेडिकल फर्मासँग सम्झौता गरेको हो ।

विभागको व्यवस्थापन महाशाखाअन्तर्गत खरिद एकाइका प्रमुख डा. सुरेन्द्र चौरसियाले प्रक्रिया पूरा गरेर आइरन चक्की खरिद सम्झौता गरेको बताए ।

‘मिति त यकिन भएन तर चैतको पहिलो साता नै आइनरन चक्कीको खरिदका लागि सम्झौता गरिएको छ । असार मसान्तभित्र आइरन चक्की विभागमा वा विभागले तोकेको कार्यालयमा दाखिला गराइसक्नुपर्नेछ,’उनले भने । उनका अनुसार आइरचन चक्की ८५ पैसामा खरिद गर्ने सम्झौता भएको हो ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।