Logo १३ माघ २०८२, मंगलबार | Wed Jan 28 2026


मेयर बालेनकाे निर्णयविरुद्ध सर्वोच्चमा रिट


3.2k
Shares

काठमाडाैं । काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)को निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।

अधिवक्ता पदमबहादुर श्रेष्ठले मेयर बालेनको निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर गर्नु भएकाे हाे ।

सिंहदरबारभित्रको फोहोर नउठाएको विषयमा काठमाडौं महानगरपालिकाविरुद्ध रिट गरेकाे उहाँले बताउनु भयाे ।

सिंहदरबारभित्रको फोहोर नउठाएका कारण जनस्वास्थ्यमा नकारात्मक असर परेको भन्दै फोहोर उठाउन काठमाडौं महानगरपालिकाविरुद्ध रिटमा आदेशकाे माग गरिएकाे छ ।

उक्त रिट निवेदनमाथि मंगलबार प्रारम्भिक सुनुवाइ हुने सर्वोच्च अदालतकाे प्रशासनले जनाएको छ ।

संघीय सरकारले आफूले राखेको माग पूरा नगरेको भन्दै महानगरपालिकाका मेयर बालेनले फोहोर संकलन गर्ने कम्पनीलाई सिंहदरबारभित्रको फोहोर नउठाउन निर्देशन दिनुभएकाे थियाे ।