Logo १३ माघ २०८२, मंगलबार | Wed Jan 28 2026


प्रहरीको बदनाम गराएको अभियोगमा एक पक्राउ


442
Shares

काठमाडाैं । रुपन्देही प्रहरीले समाचारका झुटो विवरण दिई विभिन्न सञ्चारमाध्यममार्फत नेपाल प्रहरीको बदनाम गराउन खोज्ने एक व्यक्तिलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयले आज जारी गरेको विज्ञप्पिअनुसार सिद्धार्थनगर नगरपालिका–१२ स्थित जिल्ला प्रहरी कार्यालयको गेटअगाडि स्टेसनरी व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायी भानबहादुर अधिकारीलाई सरकारी छाप कीर्ते अभियोगमा नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको छ । प्रहरीले एकथान ल्यापटप र जिल्ला प्रहरी कार्यालयको सरकारी छाप बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले विज्ञप्तिमा जनाउनुभएको छ ।

अभियुक्त अधिकारीले आफ्नो स्टेसनरीबाट प्रहरीको निवेदनलाई स्क्यान गरी विवरण थपघट गरी आफ्नो व्यक्तिगत इमेल आइडीबाट विभिन्न सञ्चारमाध्यममा जिल्ला प्रहरी कार्यालयको सरकारी छापसमेत प्रयोग गरी झुटो भ्रामक विवरण प्रेषित गरेको पाइएको प्रनाउ अर्यालले जानकारी दिनुभयो । निजलाई रुपन्देही जिल्ला अदालतबाट सरकारी छाप कीर्ते मुद्दामा सात दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।