Logo ३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026


शिक्षक नेतृत्व र रूपान्तरणकारी पाइला


39
Shares

काठमाडौं । जीवनोपयोगी शिक्षाको पाठ्यक्रम बनाउने सिलसिलाबाट रूपान्तरणकारी सोंच जन्मियो।

पाउलो फ्रेरे, बेल हुक्स, जयपृथ्वीबहादुर सिंह, सन्त योगमाया, वन्दना शिवा, रोजा पार्क्स जस्ता महान् शिक्षाविद्को विचारप्रवाहसँग नजिकिएर आफ्नो कर्ममा धर्म देख्न थालेपछि ‘रूपान्तरण’ मैले रोजेको, खोजेको बाटो बन्यो। म आफ्नो क्षमता विकास सँगसँगै आफ्नो परिवार, कार्यक्षेत्र, समाजमा रूपान्तरण ल्याउन प्रयत्नशील छु। आज म गर्वका साथ भन्न सक्छु, मैले पढाइबाट विरक्तिएका विद्यार्थीमा जोस, जाँगर भर्न सकेको छु।

सधैँ कक्षामा झोक्राएर बस्ने ती विद्यार्थी आज भोलि जीवित देखेको छु। जीवितको अर्थ श्वास फेर्नु मात्र हैन। आफू वरपर के भइरहेको छ चंख भएर चुस्तता देखाउनु हो। जागा हुनु हो। हिजोसम्म मेरा भाष्य, “आजभोलिका युवा कुन दुनियाँमा हुन्छन्, जसरी सिकाए पनि, जे ल्याएर देखाए पनि कुनै मतलब छैन। लाग्छ भित्तासँग कुरा गरिरहेछु। आफैँलाई पढाइरहेछु। पढाइप्रति चासो छैन। न परीक्षमा फेल हुन्छु भन्ने संकोच वा लाज।”

तर आज मेरो भाष्य बदलिएको छ। मैले विद्यार्थीहरूको कौतुहलता चिन्न थालेको छु। उनीहरूको मानसपटलमा गुम्सिएको अन्योल, भविष्यप्रतिको चिन्ता, सिकेका–सिकाइएका विषयवस्तुको दैनिक जीवन तथा भविष्यसँगको सम्बन्ध नबुझ्दाको अलमल उनीहरूको अनुहारमा पढ्न सक्छु। लामै समय भयो, मैले कलेजले दिएको निर्देशनभन्दा फरक तरिकाले वा भनौँ, मेरो आफ्नै अर्गानिक तरिकाले कक्षाकोठालाई व्यवस्थापन गर्दै आएको।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।