Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


५४ कार्यालयको ९३ करोड मनपरी खर्च


156
Shares

काठमाडौं । भौतिक पूर्वधार तथा यातायात मन्त्रालय अन्तर्गका ५४ कार्यालयले कन्टेन्जेन्सी खर्चको नाममा मनपरी ढंगले खर्च गरेको पाइएको छ ।

निर्देशिकाअनुसार आयोजना स्वीकृत गर्दा कन्टेन्जेन्सी खर्च यति लाग्छ भन्ने लागत अनुमान तयार गर्नुपर्छ र त्यही लागत अनुसार खर्च गरेको हुनुपर्छ । तर, आयोजना स्वीकृत गर्दा लागत खर्च अनुमान तयार नगरी खर्च गरेको फेला परेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनका अनुसार यो वर्ष भौतिक पूर्वधार तथा यातायात मन्त्रालय अन्तर्गत ५४ वटा कार्यालयले कन्टेन्जेन्सीबाट ज्यालामा २५ करोड ४४ लाख, इन्धनमा १३ करोड २१ लाख, मर्मतमा १५ करोड १० लाख कार्यालय सामान र सूचना प्रकाशनमा १८ करोड ६५ लाख, दैनिक भ्रमण भत्तामा ७ करोड ५४ लाख र अन्य प्रयोजन नखुलेकोमा १३ करोड ८५ लाख समेत ९३ करोड ७९ लाख रुपैयाँ खर्च गरेको पाइएको प्रतिवेदनले औंल्याएको छ ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।