Logo १३ माघ २०८२, मंगलबार | Wed Jan 28 2026


खुला व्यायाम प्रतियोगिता बैशाख ९ गते हुने


260
Shares

काठमाडाैं । युथ फिटनेस एण्ड केलिस्थेनिक्सको आयोजनामा सर्वाधिक ठूलो फिटनेस इभेन्ट्स पाँचाैँ स्ट्रिट वर्कआउट खुला व्यायाम आयोजना हुने भएको छ ।

आयोजकले आइतवार पत्रकार सम्मेलनको आयोजना गरेर खुलाव्यायाम वैशाख ९ गते शनिवार आयोजना गर्ने जनाएको हो । काठमाडौं नक्शालस्थित नारायण चौरमा बार वर्कआउट र सर्किट वर्कआउट गरी दुई वटा विधामा प्रतिष्पर्धा हुनेछन् ।

जसमा पुरुष बार, पुरुष सर्किट, महिला सर्किट, सिनियर ४०+ सर्किट, अण्डर १६ बार गरि जम्मा ५ वटा समूहमा खेल हुनेछ । देशभरका विभिन्न जिल्लाहरुबाट नेपाल भरबाट करिव ३५० देखि ४०० जना खेलाडीहरुको सहभागिता हुने प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः २० हजार, १५ हजार र १० हजार नगद पुरस्कारसहित पदक तथा प्रमाणपत्र पाउनेछन् ।

बार वर्कआउट र सर्किट वर्कआउटको संयुक्त विधामा सर्वोत्कृष्ट समयमा तोकिएको वर्कआउट पूरा गर्ने खेलाडी समग्र प्रतियोगिताको विजेता हुनेछ । समग्रको विजेताले नेपालको फिटनेस एथ्लेट उपाधीसहित नगद ५१ हजार पाउनेछन् । मुख्य प्रायोजकमा हिमालय क्वेस्टा प्रो प्रोटीन सप्लिमेन्ट कम्पनी रहेको छ ।