Logo १३ माघ २०८२, मंगलबार | Wed Jan 28 2026


केपी ओलीलाई भाइरल ज्वरो


1k
Shares

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भाइरल ज्वराेकाे चपेटामा पर्नुभएकाे छ ।

उहाँले आफू अस्वस्थ भएको जानकारी दिँदै भाइरल ज्वराे बारे खुलाउनु भएकाे हाे ।

आइतबार दिउँसो फेसबुक स्टाटस लेख्दै ओलीले आफूलाई भाइरल ज्वरोका कारण स्वास्थ्यमा समस्या आएको जानकारी दिनुभएकाे हाे ।

‘भाइरल ज्वरोका कारण मेरो स्वास्थ्यमा केही समस्या आएको छ,’ ओलीले फेसबुकमा लेख्नु भएकाे छ, ‘अहिले म एन्टिबायोटिक औषधि खाएर निवासमै आराम गरिरहेको छु ।’