
काठमाडौं । चालू आर्थिक वर्षमा अर्थतन्त्रमा देखिएको सुस्तताको प्रभाव सरकारको पुँजीगत खर्चमा पनि परेको छ ।
सरकारले यो वर्ष ३ खर्ब ८० अर्ब रुपैयाँ पुँजीगत शीर्षकमा बजेट विनियोजन गरेको थियो । यो वर्षको नौ महिना (चैत) सम्ममा सरकारको खर्च बल्ल एक खर्ब ७ अर्ब रुपैयाँ पुगेको छ ।
खर्चको यो तस्बिरले सरकार आफैँलाई गिज्जाएको छ । सरकारले पूँजीगत बजेटमा वार्षिक राखेको लक्ष्यको याे २८.१९ प्रतिशतमात्र हो ।
गत आर्थिक वर्षको तस्बिर पनि खासै यो भन्दा भिन्न थिएन । गत वर्ष पुँजीगत बजेट ३ खर्ब ५२ अर्ब रुपैयाँ थियो । त्यसमध्ये चैतसम्ममा एक खर्ब ५ अर्ब रूपैयाँ खर्च भएकाे थियाे ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्