
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा तीर्थमाली पुनकाे काठमाडौंको गैरीधारामा रहेकाे घरमा नियतवश गोली नचलाएको प्रहरी हवल्दार प्रकाश पुन मगरले बताएका छन् ।
शनिबार बिहान प्रहरी प्रधान कार्यालय नक्सालमा सोधपुछ गर्ने क्रममा प्रकाशले गल्तीले गोली चलेको बताएको प्रहरीले बताएकाे हाे । शुक्रबार नयाँ वर्षको अवसरमा गैरीधारामा तीर्थमाली बस्ने घरमा पारिवारिक जमघट भएकाे थियो । त्यसक्रममा शुक्रबार राति साढे ९ बजे एक्कासी घरमा गोली चलेको थियो ।
प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेका कारण प्रकाशको पेस्तोलबाट एक्कासी गोली तीर्थमालीको खुट्टामा लागेको थियो । गोली लागेर घाइते हुनु भएकी तीर्थमालीको वीर अस्पतालकाे ट्रमा सेन्टरमा उपचार भइरहेको उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्