Logo ३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026


मुख्यमन्त्री कप फेन्सिङमा बाग्मती च्याम्पियन


26
Shares

काठमाडौं । कैलालीको धनगढीमा आयोजित फेन्सिङको इपी इभेन्टमा गण्डकी प्रदेशले एक स्वर्ण, एक रजत र एक कास्य पदक जितेर तेस्रो स्थानमा रहँदै प्रतियोगिता टुग्ंयाएको छ।

दुईदिने प्रतियोगितामा बाग्मती प्रदेश च्याम्पियन हुँदा सशस्त्र प्रहरी बल भने दोस्रो स्थानमा रह्यो। बाग्मतीले एक स्वर्ण, दुई रजत र एक कांस्य जित्दा सशस्त्रले एक स्वर्ण एक रजत र दुई कास्य पदक जितेको थियो।

आवश्यक खेलसामग्रीकै अभावमा पनि कास्की जिल्लाका फेन्सिङ खेलाडीले पदक जित्दै गण्डकीको शाखलाई गर्विलो बनाएको कास्की जिल्ला फेन्सिङ संघले जनाएको छ। तेस्रो स्थानमा रहेको गण्डकीका लागि कृपा गुरुङले इपी जुनियरतर्फ स्वर्ण पदक जितिन्।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।