
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनलाई जवाफ फर्काउनु भएकाे छ ।
सामाजिक संञ्जाल फेसबुकमा लेख्दै नेता कोइरालाले सिंहदरबार क्षेत्रको फोहोर नउठाउनु अराजकता हाे भन्दै जवाफ फर्काउनु भएकाे हाे ।
कोइरालाले सामाजिक संञ्जालमा लेख्नुभएकाे छ, ‘कामपाले सिंहदरवार लगायत स्थानको फोहोर नउठाउनु अराजकता हो,जिम्मेवार निकायको यो व्यवहारको सबैले विरोध गर्नैैपर्छ।अर्कोतर्फ सरकारले पनि महानगरले उठाएका प्रश्नको वेवास्ता गर्दै धम्कीको भाषा प्रयोग गर्नु सिंहदरवारले स्थानीय निकायलाई हेर्ने दृष्टिकोणको प्रतिविम्ब हो।दुबै सच्चिनु पर्छ।’
महानगरलाई सहयोग नगरेको भन्दै असन्तुष्ट रहेका मेयर बालेनले सिंहदरबार र राजधानी अर्कै पालिकामा सार्न चुनौती दिनु भएकाे थियाे ।
मेयर बालेनले आफूलाई सिंहदरबारले असहयोग गरेको भन्दै सिंहदरबार क्षेत्रको फोहोर नउठाउन निर्देशन दिएपछि एक सातायता फोहोर उठेको छैन । नेता कोइरालाले मेयर बालेनको त्यस्तो कदमलाई अराजकताको संज्ञा दिनु भएकाे छ ।
प्रतिक्रिया दिनुहोस्