Logo ४ असार २०८३, बिहिबार | Thu Jun 18 2026


आफैले संरक्षण दिएर राखेकाे बालिकामाथि बलात्कार गर्ने व्यवसायीलाई १८ वर्ष जेल


1k
Shares

काठमाडौं । आफैले संरक्षण दिएर राखेकाे बालिकालाई बलात्कार गरेको अभियोगमा दोषी ठहर भएका कञ्चनपुरका व्यवसायी सुशील चटौतलाई १८ वर्ष कैद फैसला भएको छ ।

जिल्ला अदालत ललितपुरकी न्यायाधीश सीता अधिकारीको एकल इजलासले चटौतलाई १८ वर्ष एक महिना कैद सजाय सुनाएको हो ।

इजलासले कैद सजायका अतिरिक्त बालिकालाई क्षतिपूर्ति बापत आठ लाख रुपैयाँ दोषीबाट भराउन समेत आदेश भएको छ।

चटौतमाथि घरमा काम गर्न राखेकी १४ वर्षीय नाबालिकामाथि जबरजस्ती करणी गरेको अभियोग गत वैशाखमा दर्ता भएको थियो ।