Logo ९ आश्विन २०८३, शुक्रबार | Fri Sep 25 2026


घुससहित बर्जु गाउँपालिकाका इन्जिनियर मेहता पक्राउ


247
Shares

सुनसरी । सुनसरीको बर्जु गाउँपालिकाका इन्जिनियर अजयकुमार मेहता घुससहित पक्राउ परेका छन् ।

सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस लिएको आरोपमा मेहता पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले मेहतालाई पक्राउ गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयाे।

उहाँका अुनसार मेहतालाई मोरङको विराटनगर महानगरपालिकास्थित पुलचोकबाट सोमबार २० हजार रुपैयाँ घुससहित पक्राउ गरिएको हाे ।

इन्जिनियर मेहताले सेवाग्राहीबाट घरको नापनक्सा पास गरिदिने भन्दै घुस लिएको बताइएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएकाे छ ।

Skip This