
काठमाडौं । नेपालको तथ्यगत इतिहास पहिचानमा प्राचीन अभिलेखको महत्वपूर्ण भूमिका रहेको छ । तर, कति जानेर त कति नजानेर यस्ता महत्वपूर्ण अभिलेख नष्ट भएका यथेष्ट घटना छन् । यसमध्ये काठमाडौं तारकेश्वर नगरपालिका वडा नं ७ मनमैनजु फुटुङमा हालसालै अद्वितीय महत्व बोकेको अभिलेख फेला परिनसक्दै चकनाचुर पारियो । दुर्लभ इतिहास बोकेको सम्पदा नासिँदा इतिहासका थुप्रै रहस्य सधैं सधैंका लागि बन्द भएका छन् ।
नेपालको प्राचिन इतिहासमा नयाँ तथ्य उजागर गर्ने अभिलेख काठमाडौंको फुटुङमा फेला परेको थियो । स्थानीय राजेन्द्र मास्केको घरमा पानी ट्यांकी बनाउने क्रममा जमिन खन्दा फेला परेको अभिलेख केही समय सुरक्षित थियो । के कति कारण अभिलेख विनाश भयो, त्यो गम्भीर अनुसन्धानको पाटो हो । अभिलेख नष्ट गर्नुअघि खिचेको फोटोको आधारमा लिपिविज्ञ श्यामसुन्दर राजवंशीले नयाँ ऐतिहासिक तथ्यको जानकारी दिनुभयो ।
जुन अभिलेखमा पहिलो पटक दुई वटा फरक फरक मिति र अधिमास उल्लेख रहेको पाइएको छ । यो पुरातात्विक र ऐतिहासिक दृष्टिले दुर्लभ मानिन्छ । पहिलो पंक्तिमा संवत् ४३३ प्रथमाषढ शुक्ल दिवा १२ छ भने अन्तिममा भने संवत् ४३५ द्धितिय पौष शुक्ल दिवा अंकित छ । हाल सम्म पाइएको लिच्छवी अभिलेखमा अधिमास उल्लेख नभएको राजवंशीले जानकारी दिनुभयो ।
२६ पंतिm र तीन हरफ रहेको अभिलेख प्रौढ संस्कृत भाषामा लिच्छवी संवत् र लिच्छवी लिपी प्रयोग भएको उहाँको भनाई छ । इतिहासमा खासै चर्चा नभएको महिदेवको अस्तित्व पनि यस अभिलेख स्वीकारेको देखिएको र वसन्तदेवको प्रशासनिक राजआदेश रवी गुप्त मार्फत फुटुङवासीलाई दिएको प्रमाण भेटिन्छ ।
यो फुटुङमा प्राप्त पहिलो लिच्छवी अभिलेख पनि हो, जुन तात्कालिन समयमा वसन्तदेवले नयाँ वस्ती बसाएको देखिन्छ ।
अभिलेखको विनाशले नेपालको प्राचिन इतिहास र संस्कृतिको ज्ञान उजागर अपूरणीय क्षति पुगेको छ । यस्तो दुर्लभ सम्पदा के कति कारण नष्ट गरियो ? यसको गम्भिर अनुसन्धान गरी दोषीलाई कानूनको कठघरामा उभ्याउनु आवश्यक छ ।
अभिलेखमा उल्लेख भएको हरफ
संवत् ४३३ प्रथमाषढ (शुक्ल दिवा) १२ अस्मिन्नउनि वप्प भट्टारक महाराज
…पादानुध्र्यातेन भट्टारक महाराज श्रीमही दे … देवेने वाक्षयंकाल समाज्ञा पयतियत्रा
दक्षिण राजकूलाधिन्नायक सव्र्वदण्डनायक महाप्रतिहार रविगुप्तेव्यवहरति पूव्र्व… ग्रामकाः
पञ्चग्राक तले ह्मस्प्रिङ्ग्राम तलेच सामान्य यत्कम्र्म तदु भय तलेपि कृत वन्तः तदत्रैः श्री
पादासमाराधिताः
श्री पादौश्चाराधित्रैरतषामुभय तल सम्पद्धं कम्र्माकरणाय प्रसादः कृतः तदे
तेषामद्याग्रेणनकिञ्चिदुभय (श्चा) पि कम्र्म विद्युतः रभिज्ञा दूतकोत्र सव्र्वदण्डनायक महाप्रतिहार
रविगुप्ता क्षेत्रञ्च दत्तमेतावन्नि प्रतिमुक्ता निवस्थलि यथा मन्दुरगृहकम्र्म फलज्ञदौवारिक
कम्र्मद्रउभय… युद्ध राजकुल प्राकार कम्र्म हस्ति मृतकौ ज्ञानाकर्ष… संक्रफ करण
धावकुटा….संसिंन्दुंमाग्र्गकरण..मुक्त्वा श्री पादीयानत्त्रिकां स (व्र्वदण्ड) नायक
महापादीयाञ्चिति भू…मृद्रांगामका …..भट्टारक महाराज
श्रीपादानुध्याते… महाराज श्रीवसन्तदेवे नेवामित्र कालं समाज्ञा पयति (सव्र्वद) ण्डनायक
महा प्रतिहाररपिगुप्त विज्ञानप्तनेवा शोल्ल लिंग्वल पश्चिमाधिकरणे ….य
मात्रमु…षे…प्रसाद तदत्रे ……….य श्चेमामाज्ञा
मु……(यथोचित) मय्र्यादा मन
मनुश्च……दूतकोत्र सव्र्व दण्डनायक महाप्रतिहार रवि
गुप्त. (इति) संवत् ४३५ द्धितीय पौष शुक्ल। (१२?)
प्रतिक्रिया दिनुहोस्