५ जेष्ठ २०८२, सोमबार | Tue May 20 2025


३८ वर्षमा एयरपोर्ट, जान केबुलकार


741
Shares

जुम्ला । राज्यले करिब ४ दशक लगाएर कालिकोटको कोटबाडामा सुनथराली विमानस्थल निर्माण गरे पनि यो प्रयोगविहीन बनेको छ ।

२०७३ माघ २९ मा तत्कालीन पर्यटनमन्त्री जीवनबहदुर शाहीले परिक्षण उडान गरेयता विमानस्थलमा जहाज आएको छैन ।

२०४२ सालबाट बनाउन सुरु भएको यो विमानस्थलको धावनमार्ग गत वर्ष कालोपत्र गरिएको थियो । सरकारले यो विमानस्थल बनाउन करोडौं रुपैयाँ खर्च गरिसकेको छ ।

नरहरीनाथ गाउँपालिकाक अध्यक्ष नगेन्द्र विष्टले राज्यको करोडौं लगानीमा ६ सय ४० मिटर लामो धावनमार्ग बनेको बताए । उनको अनुसार धावनमार्गसहित टर्मिनल भवन, सुरक्षा गार्डभवन, प्रशासनिक भवनलगायत आवश्यक सबै भौतिक पूर्वाधार निर्माण भएको जानकारी दिए ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।