Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


जन्मदर्ता बनाउने सम्बन्धमा पञ्जीकरण विभागकाे थप स्पष्टीकरण


1.2k
Shares

काठमाडाैं । गृह मन्त्रालयले बालबालिकाको जन्मदर्ता गर्ने सम्बन्धमा स्पष्ट पारेको छ । यसअघि बुबाको ठेगान नलागेको वा एकल महिलाबाट जन्मेको बच्चाको जन्मदर्ता मावलीकै थर र ठाउँबाट दर्ता गराउन परिपत्र गरेको गृह मन्त्रालयको आलोचना भएपछि थप प्रष्ट पारेको हो ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक तीर्थराज भट्टराईले परिपत्र गर्दै एकल महिलाबाट जन्मेको बच्चाको स्थायी ठेगाना राख्दा बुबाको नाम ठेगाना पत्ता नलागेको यकिन गरी आमाको थर र स्थायी ठेगाना राखेर घटना दर्ता गराउन वडा कार्यालयहरुलाई निर्देशन दिनुभएको हो । त्यस्तै, बदरयोग्य विवाहबाट जन्मेको बच्चाको आवश्यक प्रक्रिया पूरा गरी दर्ता गराउने परिपत्रमा भनिएको छ ।

यसैगरी दलित बालबालिकाको जन्म दर्ता गर्दा सूचकले आफ्ना बच्चाको थरमा बुबा आमाको भन्दा फरक थर उल्लेख गरी दर्ता गराउन चाहेमा राष्ट्रिय दलित आयोगद्वारा प्रकाशित दलित जातीय अनुसूची विवरणमा उल्लेख भएका दलित जातिभित्रको थरहरुमध्येबाट सूचना फारममा उल्लेख गरिएअनुसारको थर राखी जन्म दर्ता गराइदिने भनिएको छ ।