Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


‘राज्यले सहकारीलाई सहुलियत ऋण दिनुपर्छ’


182
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामशरण खरेलले आर्थिक सामाजिक रूपान्तरणको महत्वपूर्ण आधार सहकारी भएको बताएका छन् ।

राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्न्त्रालयको संयुक्त आयोजनामा भएको कार्यक्रममा बोल्दै खरेलले १ अर्बभन्दा बढी कारोबार गर्ने सहकारी २ सय भइसकेको बताए ।

विकास बैंक, लघुवित्तभन्दा सहकारी ठूलो भइसकेको उनको भनाइ छ । सहकारीको सुधारमा आफूहरूको चासो रहेको खरेलले बताए ।

‘बैंकको ब्याज धेरै भएमा सहकारीमा गएर बस्ने गर्छ, त्यो तरिकाले स्वीम भइरहेको छ,’ खरेलले भने, ‘सहकारीलाई ध्यान दिइरहेका हुन्छौं ।’ तरलता (तत्काल नगदमा परिणत गर्ने) नभई लगानीयोग्य साधानका रूपमा बुझ्ने गरिने उनको भनाइ थियो । ‘भनेका समयमा निक्षेप नआउने र कर्जा असुली नहुने समस्या आउँदा पनि फिर्ता गर्ने क्रम बढ्ने गरेको छ, समग्र वित्तीय प्रणालीमा तरलता कम हुँदा सहकारीमा पनि प्रभाव परेको हो ।’

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।